१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन   



२१ वैशाख ०७९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको छ ।
बम निष्किय गर्ने टोलीले ‘सर्च अपरेशन’ गर्दा कुनै पनि वस्तु नभेटिएकाले आन्तरिक उडान पुनःसुरु भएको विमालस्थलले जनाएको छ । बम राखेको हल्लाले अवरोध भएको विमानस्थल भर्खरै खुलेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर जानकारी दिए ।  बम राखेको अपुष्ट खबर आएपछि विमानस्थलको आन्तरिक टर्मिनलमा जम्मा भएका यात्रुलाई बाहिर निकालिएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १२ : २३ बजे