२१ वैशाख ०७९, ललितपुर । ललितपुरमा सत्तागठबन्धनका उम्मेदवारहरुले संयुक्त घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । सत्तागठबन्धनबाट मेयरमा चिरीबाबु मर्हजन, उपमेयरमा माओवादी केन्द्रबाट बाबुराज बज्राचार्य छन् । मेयर र उपमेयरसहित गठबन्धनबाट वडा सदस्यका उम्मेदवारहरु समेत संयुक्त घरदैलो अभियानमा छन् ।
घरदैलोमा संयुक्त ब्यानर लिएर हिँडेका नेता÷कार्यकर्ताले भोट पनि रुख चिह्न र हसिँया हथौडामा मागिरहेका छन् ।
मेयरका उम्मेदवार महर्जनले २७ गतेसम्म संयुक्त घरदैलो अभियान चल्ने बताए । बिहान र बेलुकी घरदैलो गर्ने दिउँसो सामुहिक भेटघाट गर्ने गरी चुनावी प्रचारलाई व्यवस्थित गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया