१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


यातायात कार्यालय ललितपुरमा सेवाग्राहीलाई हैरान पार्ने १० जना पक्राउ




२१ वैशाख ०७९, ललितपुर। ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई हैरान पारेको आरोपमा १० जना पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका १३ स्थित कार्यालय परिसरमा सेवाग्राहीको काममा अवरोध पुर्‍याउने, अभद्र व्यवहार गरेको भन्दै प्रहरीले १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

अनावश्यक रूपमा दुःख हैरानी दिएको भन्ने गुनासो पछि प्रहरीको टोली खटिएको थियो। पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ३ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।