१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बडिखेलमा राजकुलोको एजेण्डा बोकेर स्थानीय निर्वाचनमा होमिदै आचार्य




२४ वैशाख ०७९,ललितपुर । ललितपुर गोदावरी नगरको वडा नं.४ बडिखेलमा राजकुलोमा पुर्नजिवित पार्ने एजेण्डा बोकेर नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार रामप्रसाद आचार्य स्थानीय निर्वाचनमा होमिएका छन् । उनको चुनावी नारा कुलोहरु सञ्चालन गराइ उत्पादनमा जोड दिने रहेको छ ।
वडामा रहेका सो धरोहरहरु राजकुलोको संरक्षण गर्दै खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गरी उत्पादनमा जोड दिइने उनले बताए ।
उनले भने, “वडाभित्र रहेका राजकुलोका साथै सहायक कुलोहरु मासिएका छन् । यहाँ खेती गर्न जनताले आकाशको पानीको भर पर्नु परिरहेको छ । यसैगरी वडामा ‘एक घर एक धारा’ नीति लिइ प्रत्येक घरमा प्रशोधित खानेपानीको व्यवस्था गरिने, वडाभित्रका मूल संरक्षणका लागि कार्यक्रम सञ्चालन गरी पानीको वितरणमा समते बैज्ञानिक प्रविधि अपनाइनेछ ।”


उनले वडामा सेवाग्राहीलाई जानकारी गराउन ‘नागरिक वडापत्र’ जारी गर्ने, किसानलाई परिचयपत्र प्रदान गर्ने, कृषकको अनिवार्य बीमा गर्ने, नमुनावस्ती विकास गर्ने, ग्लालिन्दहको माथि थुम्की डाँडामा शहिद पार्क, पिकनिक स्थल, ठूलोखोलाबाट लेल हुँदै फुल्चोकी ट्रेकिङ रुट जोड्ने,गुनासा सुनुवाइको लागि अधिकारी तथा ‘नोडल अफिसर’ को व्यवस्था गर्ने, तीन महिनाभित्र ‘बृहत्तर बडिखेल गुरुयोजना’ तयार गर्ने, समृद्ध बडिखेलको अल्पकालिनका साथै मध्यकालिन तथा दिर्घकालिन योजनाहरु निर्माण गर्नजस्ता एजेण्डा अघि सारेका छन् ।
यसैगरी कार्यालमा हुने भड्किलो खर्चलाई न्यूनिकरण गर्ने, वडामा सुझाव पेटिकाको राखेर सुझावहरुलाई काम गर्नेे, हरेक योजना समेपछि कामको वितरण सार्वजनिक गर्ने, मूल सडकमा सडकपेटी सहितको बनाउने, सहायक सडकहरु सबै सडक कालोपत्र गर्ने र सौर्य ऊर्जामा आधारित सडक बत्ती राख्नेलगायत उनको चुनावी एजेण्डामा राखिएको छ ।
यस गोदावरी नगरपालिकामा एमाले पार्टीको तर्फबाट मेयर पदका उम्मेदवार गम्भिरबहादुर राणा, उप–मेयर पदका उम्मेदवार रमि प्रधानाङ्ग, वडाध्यक्ष पदका उम्मेदवार राजनप्रसाद आचार्य सहित वडा सदस्यमा महिला तर्फबाट सिता दुवाडी आचार्य सहित अप्सरा विश्वकर्मा र पुरुष तर्फ भने अखबर पहरीका साथै युवक पहरी चुनावी मैदानमा उत्रिएका छन् ।

 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ९ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।