ललितपुर खबर
२५ वैशाख ०७९, ललितपुर । सरकारले जारी गरेको निर्वाचन आचार संहिता ०७८ अनुसार पार्टी कार्यालयबाहेक अरु ठाँउमा झण्डा राख्न निषेध गरिएको छ ।
तर ललितपुरको टोल टोलमा असंख्य झण्डा, व्यानर राखेर स्थानीय निर्वाचनको प्रचार प्रसार भइरहेको छ ।
केही दिनअघि निर्वाचन आयोगले केही ठाँउमा झण्डा हटायो । तर राजनीतिक दलले निर्वाचन आयोगको निर्देशन अवज्ञा गर्दै आचार संहिता विपरित प्रचार प्रसार तिव्र पारे । निर्वाचन आयोगले पनि प्रचार सामाग्री हटाउन छोड्यो ।
ललितपुरको चापागाँउ ठेचो, सुनाकोठी र हरिसिद्दिलगायत शहरका विभिन्न ठाँउमा झण्डाहरु देख्न सकिन्छ । प्रचार सामाग्रीका कारण शहर कुरुप बन्दै गएको छ । ललितपुर खबरको लेन्सबाट देखिएका केही दृश्यहरु :
प्रतिक्रिया