१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तर्वार्ता


‘ललितपुरमा चिल्लो सडकमा हिड्न पाउने वातावरण तयार गर्नेछु’



वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट ललितपुर महानगरपालिकामा मेयर पदको उम्मेदबार रहेका हरिकृष्ण व्यञ्जनकार बलियो प्रतिस्पर्धी हुन् । सत्ता गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनविरुद्ध एक्लै उभिएका व्यञ्जनकार २०७४ सालको स्थानीय निर्वाचनमा झिनो मतले पराजित भएका मेयरका उम्मेदवार व्यञ्जनकारसँग स्थानीय निर्वाचन र ललितपुरको विकासका सन्दर्भमा गरिएको कुराकानी :
ललितपुर महानगरमा विजयपछिको पहिलो योजना के छन् ?


भर्खरै उपत्यका भित्रिएको मेलम्ची खानेपानी आयोजनालाई व्यवस्थित गरी उचित वितरणमा लाग्नेछु । महानगरबाहिर रहेका विभिन्न मूल तथा बैकल्पिक पानीको स्रोत खोजी गरी महानगरबासीलाई पानीको समस्याबाट मुक्त बनाउँनेछु ।
मुलुकमा बढ्दै गइरहेको शहरीकरण र जग्गा प्लटिङ्का कारण पानीका मूलहरु सुक्दै गइरहेकाले जनताले भोग्नुपरेको चरम खानेपानी समस्या समाधानमा लाग्ने मेरो पहिलो योजना रहेको छ ।
यहाँ रहेको फोहरमैला व्यवस्थापनका लागि लाग्नेछु । ललितपुर महागरबाट मात्रै फोहर व्यस्थापन गर्न हाल लगभग रु १५ देखि २० करोड खर्च हुनेगरेको छ । सो खर्च न्यूनीकरण र उचित रुपमा फोहर व्यवस्थापनका लागि करिब पाँच करोड खर्च गरी फोहरलाई मोहरमा परिवर्तन गर्न सकिन्छ । सोबाट प्राप्त हुने उर्जाको प्रयोगबाट महानगरबासीकै हीत हुनेछ । यसैगरी गल्ने फोहरलाई मलमा परिवर्तन गर्ने महानगरभित्रका खेतीयोग्य जमिनमा प्रयोग गरी उत्पादनमा जोड दिनेछौं ।
स्थानीय निर्वाचनका क्रममा तपाईले घरदैलो अभियानमा महानगरवासीले कस्ता प्रश्न गरे ?

हामीले चुनावी अभियानमा प्रस्तुत गरेका विभिन्न एजेण्डाह पुरा गर्न स्थानीयहले अनुरोध गरेका छन् । महानगरका हरेक वडामा पानीको समस्या छ । स्थानीयहले पानी ल्याउन माग गरेका छन् । मैले पनि पहिलो निर्णय पानी वितरण सहज बनाउने प्रतिबद्धता व्यक्त गरेको छु । पछिल्लो ५ बर्ष महानगरको क्रियाकलापबाट जनता खुसी छैनन् । त्यसैले स्थानीय तहको निर्वाचमा आफू विजय भएपछि पनि जनतामा नियमित रुपमा आउन माग गरिरहेको छन् ।
महानगरलाई व्यवस्थित बनाउने तपाईका कस्ता योजना छन् ?
महानगरका कच्ची सडक पक्की गरी हरियाली वृद्धि गर्नेछु । सडक विस्तार तथा मर्मत र ढल आदि व्यवस्थापन गरी चिल्लो सडकमा जनताले हिड्न पाउने वातावरण तयार गर्नेछु ।
महागरका ठाउँ ठाउँमा यातायात अवरोध हुने भएकोले छुट्टै पार्किङस्थलको व्यवस्था गर्नेछु । आवश्यक रहेका स्थानमा सडकपेटी निर्माण गर्नेछु ।
ललितपुर महानगरमा कला तथा संस्कृति संरक्षण गर्ने कस्तो योजना छन् ?
महानगरभित्रका बाहिर क्षेत्र मानिने सम्पदा वस्ती खोकना, बुङ्मती, हरिसिद्धि लगायतका पर्व र जात्राको संरक्षण र रेखदेखमा विशेष ध्यान दिनेछु । महानगरमा मुलुककै सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा, कृष्णजन्माष्टमी, भीमसेन खटजात्रा, मतया पर्व, तान्त्रिक नाचका साथै मुलुककै लामो कार्तिक नाच आदि मनाइने जात्रा संरक्षणमा ध्यान दिनेछु ।
यस महानगरमा धेरै मूर्त तथा अमूर्त कला तथा सांस्कृतिक सम्पदा छन् । यी कला संस्कृतीको संरक्षणको लागि महानगरमा अभियान चलाउनेछु ।


भौतिक पुर्वाधार निर्माणमा कस्ता योजना छन् ?
गत २०७२ सालको भुकम्पले भत्काएका तथा जीर्ण बनाएका सम्पदालाई समेत प्राथमिकतामा राखी अबको एक वर्षमा सो कामको थालनि गर्नेछु । १९९० सालको भूकम्पले विगारेका केही धरोहर अझै पुर्नर्मिाण गर्न बाँकी छ । त्यसलाई पूर्णता दिनेछु । त्यसैगरी सोको अलवा महानगर भित्र रहेका पाटीपौवा तथा ढुङ्गेधारा जीवित राख्न पानी रिचार्ज हुने व्यवस्था मिलाउनेछु ।
शैक्षिक क्षेत्रमा कस्ता योजना अघि बढ्नेछन् ?
हामीले महानगरमा व्यावसायिक शिक्षाको आवश्यक रहेको महसुस गरेका छौं । त्यसैले सोही प्रकारको शिक्षा लागु गर्ने योजना बनाएको छु । ललितपुर महानगर कला र संस्कृतिको धनि रहेको हुँदा कलाको विकासका लागि कला र संस्कृतिमा आधारित क्याम्पस खोल्ने सोचमा अघि बढेको छु । यसैगरी ललितपुर महानगरभित्र धेरै वर्गका मानिस रहेका हुँदा हामीले अध्ययनमा असाध्यै जेहेन्दार र गरिबी व्यक्तिको पहिचान गरी छात्रवृत्तिको व्यवस्था गर्नेछु ।
स्वास्थ्य क्षेत्रतर्फ सुधारका कुनै योजना छ की?
स्वास्थ्य मानिसको सबै भन्दा ठूलो धन हो । राम्रो स्वास्थ्यबिना मानिसको सुन्दर जीवनको कल्पनासमेत गर्न सकिँदैन । सो कुरालाई मनन गरी महानगरभित्र ७० वर्ष उमेर नाघेकाको हितमा निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्नेछु । सो उमेर समुहभन्दा तलका व्यक्तिको हितमा स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउनेछु । नगरवासीको जीवन सरल बनाउन र स्वास्थ्य सेवा पहुँच पु¥याउन सो केन्द्र स्थापना गरिनेछ ।
यसैगरी महानगरका जनतालाई नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइनेछ । यसैगरी महानगरबासीको स्वास्थ्यको विषयलाई गम्भीर रुपमा लिदैं हरेक व्यक्तिको नियमित हेल्थ चेक अप गर्ने योजना बनाएका छौं । पछिल्लो समयमा धेरैले खाफ्नो खाजा र खानामा जंक फुड खाइरहेका छन् । यसले स्वास्थ्यमा प्रतिकुल प्रभाव पारिरहेको छ । त्यसैले पनि सबैको नियमित हेल्थ चेक अप गर्न सकेमा रोग गम्भीर अवस्थामा पुग्नु भन्दा अघि नै उपचार गर्न सकिन्छ । त्यसैले सबै महानगरबासीको कम्तिमा बर्षको १ पटक फुल बडी चेक अप गर्ने व्यवस्था मिलाउनेछु ।


ललितपुर महानगरको भौतिक पूर्वाधार र खेलकुद तर्फ तपाईको सोच के रहेको छ ?
म विजय भएको पाँच वर्षभित्र महानगरका हरेक सडक कालोपत्र हुनेछन् । यहाँका सडक आवतजावत गर्न अवरोध पु¥याएका घर मालिकसँग छलफल गरी सडक विस्तार पूरा गर्नेछु । सडक विस्तार गर्न आवश्यक रहेका ठाउँका व्यक्तिगत जमिनको मुल्याङ्कन गरी क्षतिपूर्तिको लागि पहल गर्नेछु ।
सामाजिक सुरक्षालाई महानगरले कसरी अघि बढाउछ ?
२०७४ सालको स्थानीय तहको निर्वाचमा मेयर पदमा विजय हासिल गरे भने राज्यले प्रदान गर्ने भत्तामा महिनाको रु ५०० महानगरपालिकाको तर्फबाट दिने घोषणा गरेको थिएँ । मैले महानगरको मेयर हुन नपाए का कारण त्यो कार्यान्वयन भएन । यस स्थानीय तहको निर्वाचमा म विजय भएपश्चात् एमालेले हरेक मुलुकवासीलाई अब प्रदान गर्ने भनिएको मासिक रु पाँच हजार पुग्ने वातावरण भएन भनेपनि ललितपुर महानगरपालिकाबाट थप गरी ५ हजार पुग्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
महिलालाई दक्षता वृद्धि गर्ने तालिम दिइनेछ । उनीहरुलाई व्यवसाय संचालन गर्न निब्र्याजी ऋण महानगरले व्यवस्था गर्नेछ । उनीहरुको उत्पादनलाई महानगरले संकलन गर्दै बजारीकरणमा लैजाने योजना छ । युवालाई स्वरोजगार उद्योग व्यवसायमा संलग्न गराइ स्थानीय जनताको जीवन सबल बनाउनेछु ।
महानगरवासीको हित र सुरक्षाका लागि हरेक टोलमा सिसीटिभी तथा सडक बत्ती जडान हुनेछ । बालबालिकाको चेतनाशक्ति वृद्धि गर्न बाल व्रिmडास्थल, वृद्धवृद्धाको लागि विश्रामस्थल लगायत भ्रमणको समेत व्यवस्थापन मिलाउनेछु
महानगरमा सुशासन कायम गर्ने योजना कस्ता हुनेछन् ?
महानगरमा कर्मचारीको कामको मूल्याङ्कन गरी पुरस्कारका साथै दण्डको व्यवस्था हुनेछ । कर्मचारीलाई कामको आधारमा प्रोत्साहन गरिनेछ । महानगरमा कसैले भ्रष्टाचार गरेको ठहर भएमा कारवाही गरिनेछ ।
जनताले महानगरलाई तिरेको कर मेरै लागि हो भन्ने आवास गराउने गरी सोबाट त्यही वडामा केही रकम खर्च गर्ने व्यवस्था मिलाउनेछौं । जनताले तिर्ने करको दरको सट्टा दायरा बढाउनेछौ । महानगरभित्र रहेका जनताको आर्थिक अवस्था बिचार गरी कर छुटको समेत व्यवस्था गर्नेछौं ।
आत्म निभर अर्थतन्त्रमा महानगरबासीलाई अघि बढाउने कुनै खास योजना छन् कि ?
दैनिक भान्छामा प्रयोग हुँदै आइरहेको एलपी ग्यासँको दर बढ्दै जाँदा जनताको दैनिकी महँगै बन्दै गइरहेको छ उता देशको विजुली खेर गइरहेको छ । केही बर्षमा देशमा आवश्यकभन्दा बढी विद्युत उत्पादन हुँदैछ । सो विद्युत बाह्य बजारमा लानुभन्दा यही बजारमा प्रयोग हुने वातावरण बनाउनु जरुरी छ ।
समय र क्रमसँगै हामी पनि परिवर्तन हुनुपर्छ भन्ने मान्यताका साथ महानगरवासीले विद्युतिय बस लगायत र विद्युतिय चुलो प्रयोगमा जोड दिनेछौं ।
महानगरभित्रका जनप्रतिनिधिको कार्यसम्पादन पारदर्शी बनाउन तपाईको योजना के के रहेका छन् ?
महानगरभित्र जनप्रतिनिधिको आचारसंहिता निर्माण गरी सोही अनुरुपको काम सुरु हुनेछ । बजेट निर्माण प्रकृयामा सबै जनप्रतिनिधिबीच छलफल अघि बढाएर मात्रै गर्नेछु । महानगरका वडा शक्तिशाली बनाइनेछं । वडा बलियो बनाउन आवश्यक नीतिगत व्यवस्था बनाइनेछ । महानगरमा विजयी भएर आउने जनप्रतिनिधिको कार्य पारदर्शी बनाउन सबैको सम्पति सार्वजनिक गरिनेछ ।
छिमेकी नगरहसँग कस्तो सम्बन्ध बनाउने योजना छ ?
ललितपुर महानगर र काठमाडौं महानगर एकआपसमा जोडिएका छन् । ललितपुरबाट काठमाडौं वा उताबाट यता आउन यातायातले जोडिनैपर्छ । यसैगरी बागमती नदिको सरसफाइसँग वा अन्य विकास निर्माणले दुवै महानगरलाई प्रभाव पार्दछ । एमालेबाट काठमाडौं महानगरमा उम्मेदवार रहेका केशव स्थापित र मेरो व्यक्तिगत सम्बन्ध पनि अत्यन्त सुमधुर भएकोले दुवै महानगरलाई उत्कृष्ट बनाउन हामी दुवैले कुनै कसर बाँकी राख्नेछैनौं । नगरपालिकासँग सिमा जोडिएका अन्य नगरपालिकाहसँग समन्वयमा विकास निर्माण अघि बढ्नेछन् ।
ललितपुर महानगरकाबासीमा तपाईले जित्ने आधार के हो ?
अहिले हामीसँग गठबन्धनका उम्मेदवार रहेका बाबुकाजी प्रधानलगायत धेरै साथीहरु एमालेमै छन् । यसैगरी नेकपा हुदा सँगै रहेकी मञ्जली शाक्य नै एमालेको उपमेयरको उम्मेदवार छिन् । हामीसँग निर्वाचनअघि पाँचौ हजार एमाले प्रवेश गरिसकेका छन् । हामीलाई अवको निर्वाचनमा विजयी भएको जनताले हेर्न पाउनुहुनेछ । उहाहरुको पछिल्लो ५ बर्ष विना विकास बस्नुप¥यो ।
मैले महानगरबासीलाई अघिल्लो निर्वाचनमा दिएको मतप्रति आभार व्यक्त गर्दछु । जालसाजीका कारण थोरै मतले मैले उहाँहरुको मतको हामीले रक्षा गर्न सकेनौं ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ११ : ०१ बजे