९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


केशव स्थापित र बालेनको जम्काभेट, एकअर्कालाई शुभकामना दिँदै अंकमाल



२५ वैशाख ०७९, काठमाडौं ।  मतदाता घर दैलो कार्यक्रममा रहेका काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच जम्काभेट भएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावका लागि प्रचारप्रसारका क्रममा आइतबार बिहान सिनामंगलमा भेट भएको हो ।
अचानकको भेटमा दुवै उम्मेदवारले एकअर्कालाई शुभकामना दिँदै अंकमाल गरेका छन् । भेटमा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवार रहेकी सुनिता डंगोल पनि थिइन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १ : १० बजे