२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पाँच पत्रकार संगठनलाई आयोगले सोध्यो स्पष्टीकरण



२५ वैशाख ०७९, काठमाडौं ।  निर्वाचन आयोगले पाँच दलीय गठबन्धनका पक्षमा मत मागेका पत्रकारहरूका विभिन्न पाँच संगठनसँग स्पष्टीकरण सोधेको छ। आयोगले आइतबार सत्ता गठबन्धनमा रहेका पाँच दल निकट पत्रकार संगठनहरुसँग स्पष्टीकरण सोधेको हो।

नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, नेकपा (माओवादी केन्द्र)निकट प्रेस सेन्टर, नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन, जनता समाजवादी पार्टी (जसपा) निकट नेपाल प्रेस मञ्च र राष्ट्रिय जनमोर्चा निकट प्रगतिशील पत्रकार संघले शनिबार गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेका थिए।

युनियनका अध्यक्ष बद्री सिग्देल, सेन्टरका अध्यक्ष विष्णु सापकोटा, संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, मञ्चका अध्यक्ष केशव अर्याल र संघका सचिव  श्यामलाल पोखरेललाई २४ घण्टाभित्र लिखित जवाफसहित स्पष्टीकरण दिन निर्देशन दिइएको आयोगले जनाएको छ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ६ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।