२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरमा वालविवाह रोक्ने एजेण्डा बोकेर रनिता तामाङ्ग चुनावी मैदानमा




२६ वेशाख ०७९,ललितपुर । दक्षिण ललितपुरको नल्लु भारदेउ चौघरेलगायतको भूगोलमा वालविवाह रोक्ने एजेण्डा बोकेर कोञ्ज्योसोम गाँउपालिकाकी रनिता तामाङ चुनावी मैदानमा उत्रेकी छिन् । आसन्न स्थानीय तहको निर्वाचनमा दक्षिण पहाडी ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा नेकपा एमालेको तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेकी नल्लुकी रनिता तामाङ्गले कोञ्ज्योसोमका नल्लु भारदेउ लगायतका क्षेत्रमा बालविवाह र मदिराजन्य पदार्थको दुर्व्यसन प्रमुख समस्या भएकोले निर्वाचित जनप्रतिनिधिको पहिलो ध्यान यसको प्रयोग घटाउनेतर्फ जानुपर्ने बताएकी छिन्।
स्थानीय निर्वाचनमा गाउँपालिका उपप्रमुखको उममेदजवारी दिएपछि योजना र आफ्ना भिजनबारे धारणा सार्वजनिक गर्दै उनले आफु उपाध्यक्षमा निर्वाचित भएपश्चात बालविवाहको रोकथाम गर्दै शैक्षिक र सामाजिक चेतनास्तर उकास्नको लागि कार्यक्रमहरु अघि बढाउने उनको भनाई छ ।
‘विशेष गरी नल्लु भारदेउमा शिक्षित व्यक्तिहरु अति कम छन् । बेरोजगारी, वालविवाह, लागुऔषध दुर्व्यसन, सामाजिक अपराधका घटनालाई प्रश्रय दिँदै लागेको छ।’ उनले भनिन,’ म उम्मेदवार बनेर गाउँपालिकाबासी जनताको घरदैलोमा मत माग्न पुग्दै गर्दा विगतमा निर्वाचित जनप्रतिनिधिको यस्ता कुरामा ध्यान नगएको र नीहित स्वार्थ र पार्टीगत मनस्थितिबाट अगाडी बढेको गुनासो पाईयो । राजधानीबाट २२÷२५ किलोमिटर मात्र दुरीमा रहे तापनि अन्य स्थानको तुलनामा यहाँका जनता पछि परेको उनले बताईन।
रनिता भन्छिन्, ’नेताहरुका महत्वाकांक्षी र पुरा गर्न नसकिने योजना दिने होइन। समाजमा महिला हिंसा बढाउनुमा बेरोजगारी समस्या प्रमुख कारक रहेकोर्ले कृषिमा आकर्षणका कार्यक्रमहरु,सीपमूलक तालिमका कार्यक्रमहरु ल्याएरबजारको प्रबन्ध गर्न सके समस्याको हाल हुन्छन ।’
उनले कोञ्ज्योसोम गाउँपालिकामा अपाङ्गलाई भत्ता दिलाउन अत्यावश्यक बताइन् शारिरीक रुपमा आशक्तहरुले पनि यो समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार
उनको धारणा थियो ।
उनले भनिन्, ‘सामाजिक सुरक्षा भत्ता जनताको घरघरमा नै पुर्याउने व्यवस्था गर्नेछु ।
नल्लु भारदेउ क्षेत्रमा तरकारी संकलन केन्द्र निर्माण गर्ने, खानेपाने समस्याको समाधान,कृषि सडक तथा सडक पूर्वाधार निर्माण उनका एजेन्डा रहेको तामाङ्गले बताइन् ।
गोदावरी नगरपालिका ७ देवीचौरको बुरुन्चुलीमा जन्मिएकी तामाङ २०६४ सालमै स्कुल पढ्दा देवी माविबाट अनेरास्ववियुको प्रारभिक कमिटीमा रहेर राजनीतिमा प्रवेश गरेकी थिइन्। २० वर्षकै उमेरमा बुरुन्चुलीमा प्रदुषण पÞmैलाईरहेको ढुंगा खानी आफ्नै नेतृत्वमा रहेको महिला आन्दोलनबाट बन्द गराएकी उनमा समाजमा उत्कृष्ठ रुपमा महिला हक र अधिकारका लागि लड्नसक्ने तृष्णा देखिन्छ। हाल उनी नेकपा एमालेको कोञ्ज्योसोम ४ वडा कमिटिको सचिव छिन्।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : ३९ बजे