२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काँग्रेस कार्यकर्ता सहनशील भन्दै ओलीले गरे तारिफ




२६ वैशाख०७९,,ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले काङ्ग्रेसको कार्यकर्ता सहनशील रहेको भन्दै रहेको भन्दै तारिफ गरेका छन ।
रुख चिन्हमा छाप लगाउन पाउ भनेर आवाज उठाए बापत कारवाही भोग्न बाध्य पर्दा पनि चुपचाप रहेको भन्दै तारिफ गरेका हुन् ।
अघिल्लो पल्ट प्रधानमन्त्री शेर बहादुर देउबाले चितवन पुगेर
एक पल्ट मात्रै हसिया हथौड़ा मा भोट हल्न लगाएको स्मरण गर्दै अध्यक्ष ओलिले यो पल्ट पनि प्रचण्ड कि छोरीलाई भोट हल्न उर्दि जारी गरेपछि चितवनबासीले प्रतिकार गरेको बताए ।
एमालेको घोषणा पत्र चोरेर काँग्रेसले बनाएको आरोप लगाउदै उनले माओवादी केन्द्र का अध्यक्ष दाहालले काँग्रेस सँग कुरा नमिल्दा वालकोटको ढोकामा बस्छु भनेर घुर्क्याएको उल्लेख गरे ।
आसन्न स्थानीय निर्वाचनमा ललितपुर महानगरमा एमालेका उम्मेदवार मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य आश्थालाई जिताउन आयोजित सभामा एमाले अध्यक्ष ओली सहभागी भएका हुन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ६ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।