९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


‘ललितपुरको भट्टेडाँडामा एमालेका उम्मेदवार चढेको गाडी तोडफोड’




२७ वैशाख ०७९, ललितपुर । ललितपुरको भट्टेडाँडामा नेकपा एमालेका उम्मेदवार चढेको गाडी नेपाली काँग्रेसका कार्यकर्ताले तोडफोड गरेका छन् ।
युवा संघ नेपाल वागमती वडा नं. ३ का अध्यक्ष सन्तोष खड्काका अनुसार वागमती गाँउपालिका ३ बुलाकी चौरमा गाडी दुर्घटना गराई वागमती गाँउपालिका ३का वडासदस्य नारायण भोम्जन उम्मेदवारलगायतलाई मार्ने नियतले गाडीको बे्रक तोडफोड गरेको बताए । उनले दावी गर्दै भने, गाडी भिरालो ठाँउमा नभएकाले तत्काल दुर्घटना हुन पाएन हामीले ब्रेकको तार निकालेको थाहा पाएपछि रातभर गाडीमै बस्यौं ।
खड्काले गाडी झण्डाहरु पनि निकालेर फ्याकिएको बताए । उनले भने,‘साँझ ७बजेर ३०मिनेटमा हामी बुलाकी चौर पुगेका थियौं । राती १० बजेर ३० मिनेटमा फर्कदा गाडी तोडफोड गरेको अवस्था रहेको भेट्टियो ।’
निर्वाचनको क्रममा भोट माग्नका लागि पार्टीका कार्यकर्ता गणेश जिम्माको घरमा गएको खड्काले बताए ।
आफूहरुले साँझ धेरै समयसम्म नेपाली काँग्रेसको पक्षमा होहल्ला गरेर बसेको सुनेको उनले बताए । त्याहाँ ७ ८ वटा मोटरसाइकल रहेको देखेको समेत खड्काको भनाई छ ।
भोट माग्ने क्रममा वागमती गाँउपालिका ३का वडासदस्य नारायण भोम्जन,निर्वाचन प्रचार प्रसारमा गाउँपालिका निर्वाचन परिचालनका संयोजक नारायणप्रसाद तिमल्सिना, जिल्ला कमिटी सचिवालय सदस्य तिलक भोलन, एमाले बागमती गाउँपालिका उपाध्यक्ष राजकुमार घिमिरे, युवा संघका बागमती अध्यक्ष सन्तोष खड्का र चालकलगायत रहेका थिए ।
आफूहरुले गाडी तोडफोट गरेको सम्बन्धमा भट्टेडाँडा प्रहरी चौकीलाई राती नै सुरक्षाको लागि खबर गरेको उनले बताए । ‘दुई घण्टा दुरी रहेको पहाडको बाटो रहेको र प्रहरीसँग साधन नभएकोल तत्काल प्रहरी आएनन् । हामी विहान फर्कियौं’उनले भने ।
नेपाली काँग्रेस गाँउपालिकाका सभापति समेत पालिकाका अध्यक्षका उम्मेदवार विरबहादुर लोप्चन यस विषयमा आफूलाई जानकारी नभएको बताए ।

घटना सार्वजनिक भएलगत्तै नेकपा एमाले वागमती गाँउपालिका वडा नं. ३ का वडाध्यक्षका उम्मेदवार रमेशकुमार सञ्जेलले प्रहरी टोली घटनास्थल गएको बताए । भट्टेडाँडा प्रहरी चौकीका सही राजु नेपालीले गाडी मर्मतपछि त्याहाबाट फर्किएको बताए । उनले भने, ‘त्यो ब्रेक निकालिएको हो वा होइन यसै भन्न सक्ने अवस्था छैन ।अरु तोडफोडचाही केही भएको छैन । मात्रै ब्रेक फेल भएको हो रहेछ ।’

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १० : १५ बजे