२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको कोञ्जेसोम गाउँपालिकाका उम्मेदवारको जोड सडक सुधार



 


२७ वैशाख ०७९, कोञ्जेसोम ललितपुर । काठमाडौँबाट नजिकै भएर पनि विकासका हिसाबले पछि परेको दक्षिण ललितपुरको कोञ्जेसोम गाउँपालिकाका उम्मेदवारहरूले सडक सुधारको एजेण्डालाई मुख्य रुपमा उडठाएका छन् ।
बिर्खेधारा दलचोकी सङ्खु–इकुडोल सडक, मध्यमार्गी सडक (लेले–गोटिखेल) र लेले–चन्दनपुर सडक पालिकासँग जोडिएका मुख्य सडक हुन् । यिनको सुधारमा आफूहरु लाग्ने उम्मेदवारहरुले बताएका छन् ।
आफू अध्यक्षमा निर्वाचित भए सडक स्तरोन्नति र सुधारमा पहिलो ध्यान दिने नेकपा (एमाले)का कृष्णमान लामा बतान्छन् । पालिकाका पाँच वडाबाट केन्द्रसम्म कच्ची सडक पुगे पनि त्यहाँ सुधारको काम बाँकी रहेकाले आफू निर्वाचित भएमा सुधार गरेर पक्की बनाउने उनको जोड छ । यो गाउँपालिका भएर अरु पालिका र जिल्ला जाने तीन सडक छन् । प्रदेश र सङ्घीय सरकारमातहतका सडकमा पनि समन्वय बढाएर चाँडो निर्माण गराउने योजनामा रहेका उम्मेदवार लामा भन्छन्, “पालिका जोड्ने तीनवटै सडक सुधार गर्नसके मात्रै नागरिकको जीवन सजिलो बन्छ ।”


कोञ्जेसोमका मुख्य तीन सडकलाई आफ्नो पालिकाभित्र कालोपत्र गर्ने योजना रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्षका उम्मेदवार गोपीलाल सिङतान बताउन्छन् । यसअघि अध्यक्षका रूपमा पाँच वर्ष काम गर्दा सडकलगायत पूर्वाधार निर्माण गरिएको र अब निर्वाचित भएमा पाँच वर्ष स्तरोन्नतिमा लाग्ने उनले मतदातालाई बताउँदै आएका छन् । पालिका जोड्ने तीनवटै सडक कालोपत्र गर्ने योजना अघि बढाउने बनाउनुभएका उम्मेदवार सिङतान भन्छन्, “अबको पाँच वर्ष कतुवान–सङ्खु–भटृेडाँडा सडकलगायत यहाँका कुनै पनि सडक हिलो र खाल्डा नहुने गरी ड्रेन बनाउने र ग्राभेल गर्ने कामलाई अघि बढाइनेछ ।”
पूर्वाधार विकास खासगरी सडकको स्तरोन्नति र सुधारको योजना एमालेकी उपाध्यक्षकी उम्मेदवार रनिता तामाङले मतदातालाई बताउँदै आएकी छिन् ।
काठमाडौँ उपत्यकाको धुलो र धँुवाबाट एक दिन टाढा गएर बास बसौँ भन्नेहरुका लागि यहाँ पर्यटनको राम्रो सम्भावना रहेकाले उपत्यकाका पर्यटकलाई आकर्षित गर्न सकिनेमा जोड दिँदै उनी भन्छन्, “यहाँ आन्तरिक र बाह्य दुवै पर्यटनको सम्भावना छ, हामीले पर्यटक यहाँसम्म आउने र बास बस्ने व्यवस्था मिलाउनुपर्छ ।”किसानको कृषि र पशुपालन पेसा निर्वाहमुखी भएकाले त्यसलाई व्यावसायीकरण गर्न सकिने, तरकारी खेतीको राम्रो सम्भावना भएकाले पाँचै वडामा तरकारीको पकेट क्षेत्र बनाएर किसानलाई सहजीकरण गरिने, यहाँका उत्पादन छोटो समयमा र ताजा नै काठमाडौँसम्म पु¥याउने सकिनेमा उम्मेदवार लामा जोड दिन्छन् । सिँचाइको व्यवस्था गरेर बेमौसमी तरकारी खेती विस्तार गरिने, किसानलाई मल तथा बीउबिजनमा सहयोग गरेर सङ्कलन केन्द्रमार्फत बजार व्यवस्थापन गरिने उनको भनाइ छ ।
तामाङ, मगर, पहरीलगायत जातिको चेतनको विकास तथा शैक्षिक विकासमा जोड दिइने, सङ्खुमा १० शय्याको अस्पताल निर्माण भइरहेकामा यसलाई व्यवस्थित गरिने अन्य स्वास्थ्यचौकीका पनि पूर्वाधार सुधारका साथै चिकित्सकीय सेवा दिलाइनेमा लामा जोड दिन्छन् ।
दश शय््याको अस्पतालका साथै पाँचवटै वडामा रहेका बर्थिङ सेन्टर व्यवस्थित गरेर सञ्चालन गर्ने सिङतानको योजना छ । योग्यता र क्षमता भएका शिक्षकलाई प्रोत्साहन गरिने र अभिभावकले निजी विद्यालयको आशा गर्न नपर्ने गरी सामुदायिक विद्यालयको विकास गरिने उनी निवर्तमान पालिका अध्यक्ष सिंतान बताउछन् । पर्यटकीय पूर्वाधार विकास गरिने र यहाँ मासिकरूपमा दुईदेखि ५०० पर्यटक भित्र्याइने सिङतानको लक्ष्य छ । जातीय विशेषतासहितको घरबास(होम स्टे) को विकास गरिने, कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन रु पाँच लाखसम्म बिनाधितो ऋण व्यवस्था गरिने, दूध उत्पादन अझै बढाउन किसानलाई प्रोत्साहन गरिने, महिला सशक्तीकरण र समान पहुँचका लागि अबको पाँच वर्षमा उनीहरुको आर्थिक र नेतृत्व विकासको क्षमता विस्तार गरिने सिङतानको योजना छ । महिलालाई उत्पादनमा जोडेर वित्तीय कारोबार गर्ने संस्थासँग सरल, सहज ब्याजका लागि पालिकामार्फत समन्वय गरिने र ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम निर्माणभन्दा घर–घरमै खुसी र शुखीपूर्वक पाल्न पाल्ने वातावरण निर्माण गरिने, सामाजिक सुरक्षा भत्ता घर–घरमा पु¥याइने र अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच पु¥याइनेमा उनी जोड दिन्छन् ।
कृषि विकासका लागि लक्षित कार्यक्रम सञ्चालन गरी सबै वडामा सङ्कलन केन्द्र स्थापना गरिने र पशुपालनलाई व्यावसायिक बनाउने उनको योजना छ । मदिरापानका कारण महिला हिंसाका घटना भइरहेकाले यसकोे रोकथाममा गरिने अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले सजिलै भत्ता पाउने व्यवस्था मिलाइ र खानेपानीको सुविधा घरघरमै पु¥याइने उनी बताउछिन् ।
नेपाली कांग्रेसका तर्फबाट उपप्रमुखका उम्मेदवार बनेका राजनप्रसाद घिमिरे यहाँको पाँच वडामा पहिलो कृषि र पर्यटनको विकास गरी आर्थिक उपार्जन र रोजगारी अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गर्छन् । यहाँ प्राकतिकरुपमै भ्यू टावर रहेकाले काठमाडौउपत्यका, हिमाल, पहाड र तराई अवलोकन गराइ पर्यटन प्रवर्धन गराउन पहल गरिने उनी बताउन्छन् ।
सङ्खु, दलचोकीलगायतका ठाउँमा दैनिक ठूलो परिणाममा दुग्ध उत्पादन रहेकाले त्यसलाई कृषिसँग जोड्न तरकारी, फलफूल र पशुपालनमा आवश्यक सहयोग उपलब्ध गराएरै किसानको जीवन अघि बढाउनुपर्नेमा उम्मेदवार घिमिरे जोड दिन्छन् ।
उनीहरुले खानेपानीको व्यवस्था, कृषि र पशुपालनलाई व्यावसायिक बनाउने विषयलाई पनि चुनावी एजेण्डा बनाएका छन् । आफूहरु अध्यक्ष उपाध्यक्ष निर्वाचित भए कृषि, पशुपालन र पर्यटन विकास गर्ने सबै उम्मेदवारको प्रतिबद्धता छ । सांस्कृतिक, जातीय, धार्मिक र जैविक विविधताले भरपुर यस स्थानबाट काठमार्डौँ उपत्यका र तराईका कतिपय ठाउँ नियाल्न सकिने हुँदा यहाँ पर्यटन प्रवर्धनको प्रशस्त सम्भावना छ ।
कतिपय वडाका घर घरमा पानी नपुगेकाले सबैतिर खानेपानीको व्यवस्था गर्ने उम्मेदवारले पालिकावासीको घर घरमा पुगेर प्रतिबद्धता जनाउँदै आएका छन् ।
रासस

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १ : ५२ बजे