७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरबाट अवैध लागूऔषध सहित कर्माचार्य पक्राउ




२८ वैशाख ०७९, भक्तपुर। भक्तपुरको भक्तपुर नगरपालिका ५ त्रिपुरासुन्दरीबाट नियन्त्रित लागूऔषध ४ थान नोफिन, ४ थान फेनारगन र ४ थान डाइजेपाम सहित भक्तपुर झौखेल बस्ने सोही नगरपालिका १ दुधपाटी घर भएका २९ वर्षीय राजु कर्माचार्यलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग दरवारस्क्वायरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध र प्रदेश २–०३५ प ८९६ नम्बरको स्कुटर सहित उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ६ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।