९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीका विभिन्न ठाँउमा ३ जना मृत अवस्थामा फेला




२९ वैशाख ०७९, काठमाडौं । राजधानीका विभिन्न ३ ठाँउमा ३ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ललितपुरको ललितपुर महानगरपालिका ८ बालकुमारी, काठमाडौंको पुरानो नैकाप र चन्द्रागिरी बोसिखोलामा छुट्टा छुट्टै स्थानमा उनीहरु मृत अवस्थामा फेला परेका हुन् ।
ललितपुर महानगरपालिका ८ बालकुमारी डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय नारायण सापकोटा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौं चन्द्रागिरी नगरपालिका १० बोसिगाउँस्थित खोलामा अहिलेसम्म नामथर नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परे भने चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकाप बस्ने ४५वर्षीय राजाराम खत्री आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ७ : २४ बजे