७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रौतहटको यमुनामाईमा मतपेटिका लुटियो



३० वैशाख ०७९, काठमाडौँ ।  रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटिएको छ । गाउँपालिकाको–१ जेठरहियामा रहेको चिकना मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो ।

सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेका प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार स्थानीयले मतदान अधिकृतलाई घेरा हालेर मतपेटिका बोकेर खेतैखेत भागेका थिए ।

यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक–पटक झडप भएको थियो । निर्वाचन अधिकृत हरिप्रसाद शर्माका अनुसार यमुनामाईको मतदान रद्द गरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।