१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा पास नभएका १२ सय ६९ वटा सवारी नियन्त्रणमा लिएर होल्ड




३० वैशाख ०७९, काठमाडौं । ट्राफिक प्रहरीले आज काठमाडौं उपत्यका भित्र बिना पास चलाएका १ हजार २६९ वटा सवारी साधनलाई बिभिन्न स्थानमा होल्ड गरेको छ ।
होल्ड गरिएका सवारी साधनमध्ये १ हजार १८७ वटा दुईपाङग्रे र ८२ वटा चारपाङग्रे रहेका छन् ।
होल्ड गरिएका सवारी साधनलाई बेलुकी ७ बजे पछि मात्रै छाडिने र सो अवधिभर पास नलिएका अन्य सवारी साधन पनि संचालन नर्गन नगराउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् । स्थानीय तहको मतदान भइरहेकाले सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।