६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको महालक्ष्मी नगरको सर्वदलीय बैठकमा सहमती नहुँदा भएन मतगणना




३१ वैशाख ०७९, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणनाका लागि बसेको सर्वदलीय बैठकमा सहमती जुट्न नसक्दा मतगणना तत्कालका लागि स्थगित भएको छ ।
लहालक्ष्मी नगरकी मतगणना अधिकृत सुशीला ज्ञावालीका अनुसार हिजो शुक्रबार अवेर बसेको सर्वदलीय बैठकमा सहमती नजुटेपछि मतगणना हुन नसकेको बताइन् । उनले भनिन्, ‘स्प्रष्ट कुरा चाही अझैं आएको छैन । ११ बजे फेरि बैठक बोलाइएको छ ।’ माओवादीबाट केही विमती रहेको भन्ने कुरा आएको उनको भनाई छ ।
राती नौ बजे बसेको सर्वदलीय बैठक विहान ३ बजेसम्म बस्दा पनि सहमती जुटेको थिएन ।
मत पेटिका हिजो राती नै आएको छ ।
महालक्ष्मी नगरका गठबन्धनका उम्मेदवार शिव कट्टेलका अनुसार विहान ११ बजे फेरि बैठक बसेर निर्णय गर्ने सल्लाह भएको बताए ।
उम्मेदवारी नभएको ठाँउमा भोट हालेको खण्डमा के गर्ने भन्ने विवाद भएको उने बताए ।
नेपाली काँग्रेसले निर्वाचन आयोगले आफ्नो पार्टीलाई महत्व नदिएको गुनासो गरेको छ ।
नेकपा एमालेका प्रत्यासी हरिगोविन्द श्रेष्ठले राती नै विवाद मिल्ने अवस्था रहेकोमा फेरि विवाद भएको बताए । उनले भने, ‘नेपाली काँग्रेसको मेयरको उम्मेदवार छैन । गठबन्धनको विभिन्न विवाद होला ।’

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ९ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।