६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरमा ११ बजेदेखि मतगणना सुरु हुने



३१ वैशाख ०७९, ललितपुर । ललितपुर महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । बिहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

ललितपुर महानगरमा पुरुष ४२ हजार ७ सय ६२ र महिला ४३ हजार ७ सय ७८ गरी ८६ हजार ५ सय ४० मत खसेको छ । महानगरमा कुल मतदाता १ लाख २२ हजार ८ सय ९० छन् ।

ललितपुरका ६ वटै पालिकमा एक लाख ७९ हजार ७ सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ललितपुरमा कुल मतदाता २ लाख ४३ हजार ८ सय ८४ जना छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।