६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरमा चिरीबाबु पछ्याउदै हरिकष्ण, उपमेयरमा मञ्जली अगाडि




३१ वैशाख ०७९, ललितपुर । महानगरपालिकामा ४ सय मत गणना हुँदा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता कायम रहेको छ । वडा नं १ मा गणना भइरहँदा महर्जनले २०५ र प्रमु्खमा नेकपा(एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५६ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरका उम्मेदवार नेकपा (एमाले)की मञ्जली शाक्यले १४४ मत र नेकपा (माओवादी केन्द)का बाबुराजा बज्राचार्यले ५६ मत ल्याएका छन ।
बिहान ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत प्रमुखको उम्मेदवार छन् । उपप्रमुखमा एमालेबाट मञ्जली शाक्य (आस्था), माओवादी केन्द्रबाट बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगायले उम्मेदवार रहेका छन् ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ११ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।