६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


एमाले अध्यक्ष केपी ओलीले मतदान गरेको भक्तपुरको वालकोटस्थित वडामा कांग्रेसको प्यानल नै विजयी




२ जेठ ०७९, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोटमा कांग्रेसले एमालेका उम्मेदवारलाई पराजित गरेको हो ।
कांग्रेसका प्रदीप कार्की १ हजार ५११ मत प्राप्त गर्दै विजयी भए । उनको निकटतम प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे ।
खुला सदस्यमा कांग्रेसका जर्नादन खड्काले १ हजार ४७६ र भगत रानाले १ हजार ४२४ ल्याई विजयी भएका छन् । महिला सदस्यमा कांग्रेसकै कल्पना खतिवडा ’दाहाल’ ले १ हजार ५२१ र दलित महिला सदस्यमा कांग्रेसकै रन्जीता तिखत्रीले १ सय ५१७ मत ल्याई विजयी भएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ७ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।