२ जेठ ०७९, काठमाडौं । काठमाण्डौं महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गरे ।
यसैगरी वडा सदस्यमा एमालेका पदमकाजी महर्जन, विमल गरुङ, महिला सदस्यमा पूर्णलक्ष्मी रजत, दलित महिला सदस्यमा ईश्वरी परियार विजयी हुनुभएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।
पन्ध्र हजार ५५१ मत गणना हुँदा महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६ हजार ८९३ मतसहित अग्रता कायम गरिरहेका छन् । एमालेका केशव स्थापितले तीन हजार ६४४, कांग्रेसका सिर्जना सिंहले तीन हजार २०८ मत र राप्रपाका मदनदास श्रेष्ठले ५२१ मत प्राप्त गरेका छन् । ५१२ मत बदर भएको छ ।
उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले अग्रता कायमै राखेकी को छ । डङ्गोलले ६ हजार १७३ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठ एक हजार ६९० र राप्रपाका बिनिता मगैयाले एक हजार ३१३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया