२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको वागमतीमा गठबन्धनका लोप्चन र निसान विजयी




४ जेठ ०७९, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकामा गठबन्धनका उम्मेदवार विर बहादुर लोप्चन विजयी भएका छन् । वागमती गाँउपालिकामा निर्वाचन अधिकृत नागेन्द्र केशोर पोखरेलका अनुसार नेपाली काँग्रेसका नेता समेत रहेका लोप्चनले ४ हजार ९ सय ९मतका साथ विजयी भएका छन् ।
उनका निकटम प्रतिश्पर्धी नेकपा एमालेका उम्मेदवार नवराज सञ्जेलले२ हजार ४३ मत ल्याए ।
उपाध्यक्ष तर्फगठबन्धनकै नेता भक्तबहादुर दर्लामी मगर ‘निसान’ विजयी भए । उनी नेकपा माओवादी केन्द्रका नेता हुन् । उनले मत ४ हजार ६ सय ९२ ल्याए भने उनका निकटतम प्रतिश्पर्धी नमूना दोङले ३ हजार ७ सय मत ल्याइन् ।
वागमतीमा राप्रपाबाट अध्यक्षमा उम्मेदवारी दिएका सानु महर्जनले १९ मत ल्याए उपाध्यक्षका उम्मेदवार अम्बिका न्योपाने घिमिरेले ३७ मत ल्याइन् ।

वागमती गाँउपालिकाको ७ वडा मध्ये ५ वटा वडा नेपाली काँग्रेसले जितेको छ भने १ वडामा नेकपा एमालेले जितेको छ । अर्को १ वडामा नेकपा माओवादील जितेको छ ।
निर्वाचन अधिकृत पोखरेलका अनुसार वागमती १ घुसेलमा नेपाली काँग्रेसका ज्ञान बहादुर लो वागमती २ माल्टामा नेपाली काँग्रेसका रामबहादुर भुलुन, वागमती २ भट्टेडाँडामा नेपाली काँग्रेसका नवराज खड्का, वागमती ४ प्युटारमा नेपाली काँग्रेसका रामकुमार लामा, वागमती ५ मा इकुडोलमा नेकपा माओवादीका नवराज तिमल्सिना, वागमती ६ आश्राङमा नेपाली काँग्रेसका नारायण भोम्भन र वागमती ७ गिम्दीमा नेकपा एमालेका होम प्रसाद वजगाई विजयी भए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ६ : २६ बजे