२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरमा चिरिबाबुको फराकिलो अग्रता




४ जेठ ०७९, ललितपुर । ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो अग्रता कायम गरेका छन् । २१ हजार ४२७ मत गणना गर्दा
महर्जनले ११ हजार ९२० मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण ब्यन्जनकारले ५ हजार ५७० मत ल्याएका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्ट महर्जनले ९९८ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी मन्जली शाक्यले ५ हजार ९८३ र माओवादीका बाबुराज बज्राचार्यले ४ हजार ५६६ ल्याएका छन् ।
ललितपुर माहानगरपालिकाको वडा ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका रुपेन्द्र राज शाक्य १ हजार ३१८ मतसहित विजयी भएका छन् । त्यस्तै, वडा नं ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका कुल बाहादुर महर्जन विजयी भएका छन् । उनले २ हजार १७० मत ल्याएका छन् ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ९ : ०३ बजे