२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजनीतिक गुरुको प्रतिनिधि बस्न ललितपुर आएका बालेनले पाएनन् अनुमति !



४ जेठ ०७९, ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १० बाट स्वतन्त्ररुपमा वडाअध्यक्ष बनेका नरसिंह व्यन्जनकारको गणना प्रतिनिधि बस्न पुगेका काठमाडौं मेयरका उमेदवार बालेन साहलाई अर्को नगरको व्यक्ति प्रतिनिधि बन्न नपाइने भनेपछि फर्किएका छन् ।

सेवाकालीन प्रशिक्षण भवन जावलाखेल पुगेका बालेनलाई प्रतिनिधि बस्न सोही नगरको व्यक्ति चाहिने भनेपछि फिर्ता भएका हुन् । उनी प्रतिनिधि बस्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट परिचयपत्र बनाएर पुगेका थिए । व्यञ्जनकार पुतली चुनाव चिह्न लिएर प्रतिष्पर्धामा छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १ : ०० बजे