६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा चिरिबाबुको अग्रता कायमै



४ जेठ ०७९, ललितपुर । ललितपुर महानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्।

२५ हजार २६२ मतगणना गर्दा महर्जनले १३ हजार ६४६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ७ हजार ५१ मत  मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए।

उनका अनुसार महानगरपालिकाका उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले ७ हजार २७८ मत प्राप्त गरेकी छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका बाबुराज बज्राचार्यले ५ हजार ४०७ मत प्राप्त गरेका छन्।

ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कडा सुरक्षाबीच  मतगणना जारी छ। मतगणना भने ढिलाइ भएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ६ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।