९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोदावरीको नतिजा क्षणभरमै उल्टियो, गजेन्द्र अघि गम्भिर पछि




ललितपुर खबर
४ जेठ ०७८, चापागाँउ । पछिल्लो समयमा तीव्र प्रतिश्पर्धाकाबीच बलिया देखिदै गएका नेकपा एमालेका मेयरका उम्मेदवार गम्भिर राना क्षणभरमै कमजोर देखिएका छन् । गोदावरी नगरपालिकाको वडा नंं. ५ लेलेको मतगणनापछि बलिया बन्दै गएका गम्भिर राना वडा नंं ११ चापागाँउसम्म अघि नै थिए । जव गजेन्द्र महर्जनको प्रभाव क्षेत्र वडा नं. १२ ठेचोको मतपेटिका खोलियो । गजेन्द्रको पोल्टामा अनगिन्ती मत देखियो ।
गोदावरीको १० नम्बर वडा टाहाखेलको मतगणनासम्म झण्डै १ हजार मतान्तर रहेको अवस्थामा चापागाँउको मतगणनाको अन्तमा १३ हजार ६ सय ७४ मत रहेका गजेन्द्र महर्जन वडा नं. १२को मतगणनापछि नाटकीय रुपमा १६ हजार ८५ मतसहित अग्रता लिएका छन् । चापागाँउसम्म मतगणना गर्दाको १४ मतअन्तर रहेको अवस्थामा गम्भिरको मत त्यसबेला १२ हजार ६ सय ७८ थियो । ठेचोको मतगणनापछि उनले १३ हजार ४ सय ८८ मत मात्रै बटुल्न सके ।
पछिल्लो समय गोदावरी १३ झरुवाराशीको मत गणना भइरहेको छ । प्राप्त जानकारी अनुसार गजेन्द्र यस वडामा अहिलेसम्म १ सय मतले मात्रै पछि छन् जव कि अहिले नै २ हजार ६ सयभन्दा धेरै मतान्तर छ ।
पछिल्लो समय वडा नं. १३ झरुवाराशीको मतगणनापछि नगरपालिकाकै अन्तिम वडा १४ ठैवको मत गणना हुन बाँकी छ । यस वडाको विहीबार विहानसम्म मतगणना हुने अपेक्षा गरिएको छ ।
उता उपमेयरकी उममेदवार मुना अधिकारी सुरुदेखि नै एमालेकी उम्मेदवार रमि प्रधानांगलाई उछिन्द्र निरन्तर अघि लागिरहेकी छिन् । पछिल्लो मतगणनाको नजिता अनुसार गठबन्धनकी उम्मेदवार अधिकारीको मत १५हजार ६ सय ८८ रहेको छ भने नेकपा एमालेकी उम्मेदवार प्रधानांगको मत १२ हजार ३ सय ६१ रहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १० : ३६ बजे