५ जेठ ०७९,भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालमा एक युवकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार बाघमारास्थित महेश्वर ईटा भट्टाको पोखरीमा डुबेर यसै भट्टामा काम गर्ने सल्यान वनकाठ कुभिन्डे गाउँपालिका १० घर भएका २० वर्षीय तविल परियारको मंगलबार दिउँसो मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
५ जेष्ठ २०७९, बिहिबार
0
Shares
प्रतिक्रिया