२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी १३ झरुवाराशीमा एमालेका थापा विजयी



भाष्कर थापा
वडाध्यक्ष, गोदावरी नगरपालिका १३ झरुवाराशी, ललितपुर ।

ललितपुर खबर
५ जेठ ०७९, चापागाँउ । गोदावरी १३ झरुवाराशीको वडाध्यक्षमा नेकपा एमालेका नेता भास्कर थापा फेरि विजयी भएका छन् ।
उनले बुधबार राती भएको मतगणनामा १ सय ४० मतान्तरले विजय प्राप्त गरेका हुन् । एमालेका थापाले १हजार ५१ म्त पाए भने उनका निकटतम प्रतिश्पर्धी नेकपाली काँग्रेसका पुरुषोत्तम पौडेलले ९ सय ११ मत पाएका थिए ।
राष्ट्रिय प्रजातन्त्रका उम्मेदवार सचिन केसीले ५ सय ६७ मत प्राप्त गरेका छन ्।
वडामा थापाको प्यानल नै विजयी बनेका छन् । निर्वाचनमा विजयी बन्ने हरुमा मुन्ना केसी,मैयाँ रोक्का नेपाली,प्रेमबहादुर थापा र कमल बहादुर केसी रहेका छन् ।
नगरपालिकाको १३ वडामध्ये एमालेले विजय प्राप्त गरेको यो एउटा मात्रै वडा हो । नेकपा माओवादीले वडा नं. ३ गोदावरी र वडा नं. ८ डुकुछापमा विजयी भयो । अन्य सबै १० वटा वडामा नेपाली काँग्रेस विजयी भएको छ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ७ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।