९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


रुखको हाँगाले लाग्दा सिंहदरबारस्थित अनुसन्धान विभागका कर्मचारीको मृत्यु



५ जेठ ०७९, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको सिंहदरबारस्थित कार्यालयमा हावाहुरीका कारण रुखबाट हाँगा भाँचिएर लाग्दा एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा विभागमा सूचक पदमा कार्यरत २७ वर्षीय कर्मचारी विजय कार्की छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बुधबार साँझ ७ः४५ बजे कार्यालय परिसरमा रुखको हाँगा खस्दा उनी गम्भीर घाइते भएका थिए ।
तत्काल उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ८ : ०९ बजे