९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोदावरीको ११ वडामा काँग्रेस, २ वडामा माओवादी र १ मा एमाले विजयी (तथ्याङ्कसहित)




ललितपुर खबर
६ जेठ ०७९, चापागाँउ । मध्यललितपुरको गोदावरी नगरपालिकामा दुई तिहाईभन्दा धेरै वडामा नेपाली काँग्रेसले विजय प्राप्त गरेको छ । यस नगरको ३ नम्बर गोदावरी र ८ नम्बर डुकुछापमा नेकपा माओवादीले विजय प्राप्त गर्न सफल भयो । नगरपालिकाको १३ नम्बर वडा झरुवाराशीमा भने नेकपा एमालेले विजय प्राप्त गरेको छ ।
नेपाली काँग्रेसका उम्मेदवारहरु नगरपालिकाको गोदामचौर(१नम्बर वडा)मा श्रीराम थापा, विशंखु नारायण(२)मा मनोहर सिलवाल, बडिखेल(४)मा सानुभाई नगरकोटी, लेले(५) मा मिलन सिलवाल, टिकाभैरव(६)मा विष्णुमान महर्जन,देविचौर(७)मा मथुराप्रसाद शर्मा, छम्पी(९)मा आत्माराम थापा,टाहाखेल(१०)मा शेखर न्यौपाने, चापागाँउ(११) मा निल बहादुर देशार,ठेचो(१२)मा जगतबहादुर महर्जन, र ठैव(१४)मा निरोज बज्राचार्य विजयी भए ।


नेकपा माओवादीले गोदावरी(३)मा सानुराजा घिमिरे र डुकुछाप(८)मा शुकबहादुर लामा विजयी भएका छन् भने झरुवाराशी(१३)मा भास्कर थापा विजयी भए ।
निर्वाचन आयोगले प्रकाशन गरेको तथ्याङ्क अनुसार नगरपालिकाका विजयी र निकटतम प्रतिस्पर्धीहरुले प्रस्तुत मत प्राप्त गरेका छन् ः
१. गोदामचौर
श्रीराम थापा १४३७ विजयी(नेपाली काँग्रेस)
नन्द बहादुर श्रेष्ठ ११४२ निकटतम प्रतिश्पर्धी(नेकपा एमाले)

२. विशंखुनारायण
मनोहर सिलवाल १०४१ विजयी( नेपाली काँग्रेस)
पुस्कर गिरी ९४७ निकटतम प्रतिश्पर्धी (नेकपा एमाले)

३.गोदावरी
सानुराजा घिमिरे १०५९ विजयी(नेकपा माओवादी)
श्रीराम आचार्य १०४८ निकटतम प्रतिश्पर्धी (नेकपा एमाले)

४.
बडिखेल
सानुभाई नगरकोटी १००० विजयी (नेपाली काँग्रेस)
मुकुन्दबहादुर पहरी ७१७ निकटतम प्रतिश्पर्धी (नेकपा माओबादी)

५.लेले
मिलन सिलवाल १४६६ विजयी (नेपाली काँग्रेस)
यमकुमार श्रेष्ठ १०२७ निकटतम प्रतिश्पर्धी (नेकपा एमाले)

६. टिकाभैरव
विष्णुमान महर्जन ८१५ विजयी (नेपाली काँग्रेस)
सुमन खड्का ८१० निकटतम प्रतिश्पर्धी (नेकपा एमाले)

७.देविचौर
मथुराप्रसाद शर्मा ८२० विजयी (नेपाली काँग्रेस)
कृष्ण तामाङ ६०७ निकटतम प्रतिश्पर्धी (नेकपा एमाले)

८.डुकुछाप
शुकबहादुर लामा ६५४ विजयी (नेकपा माओवादी)
जयराम खड्का ५८३ निकटतम प्रतिश्पर्धी (नेपाली काँग्रेस)

९ छम्पी
आत्मराम थापा १०८५ विजयी (नेपाली काँग्रेस)
लक्ष्मीबहादुर नगरकोटी ७६९ निकटतम प्रतिश्पर्धी (नेकपा एमाले)

१०.
टाहाखेल
शेखर न्यौपाने १५९७ विजयी (नेपाली काँग्रेस)
प्रकाश केसी १३६९ निकटतम प्रतिश्पर्धी (नेकपा एमाले)

११.चापागाँउ
निलबहादुर देशार २४२६ विजयी (नेपाली काँग्रेस)
मिथुन महर्जन १२०४ निकटतम प्रतिश्पर्धी (नेकपा एमाले)

१२.ठेचो
ज्गतबहादुर महर्जन १९७० विजयी (नेपाली काँग्रेस)
न्हुच्छेराम कहर्जन १५२१ निकटतम प्रतिश्पर्धी (नेकपा एमाले)

१३.झरुवाराशी
भास्कर थापा १०४९ विजयी (नेकपा एमाले)
पुरुषोत्तम पौडेल ९१० निकटतम प्रतिश्पर्धी (नेपाली काँग्रेस)

१४. ठैव
निरोज बज्राचार्य १२६४ विजयी(नेपाली काँग्रेस)
राजकपुर महर्जन ७६७ निकटतम प्रतिश्पर्धी (नेकपा एमाले)

 

 

 

 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ८ : ०६ बजे