६ जेठ ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका १३ बाफलबाट नगद १९ हजार ५ सय रूपैयाँ लुटपाट गरेको अभियोगमा भक्तपुर लोकन्थली बस्ने तनहुँ शुक्लागण्डकी नगरपालिका २ घर भएका २४ वर्षीय उत्तम कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा कार्कीले गाडीबाट झर्ने क्रममा सप्तरी राजबिराज नगरपालिका ८ घर भएका ६८ वर्षीय बद्रिनारायण शाहको साथमा रहेको उक्त नगद लुटी भाग्ने क्रममा प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
६ जेष्ठ २०७९, शुक्रबार
0
Shares
प्रतिक्रिया