६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार प्रकरणः युवतीको घरमा प्रहरी टोली



६ जेठ ०७९, काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा कन्सल्टेन्सीका सञ्चालकले बलात्कार गरेको घटनाकी पीडित युवतीलाई भेट्न प्रहरी उपरीक्षकसहितको टोली पुगेको छ । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक, परामर्शदातालगायत पीडितलाई भेट्न पुगेका हुन् । ‘पीडितको अवस्थाबारे बुझ्न, भिक्टिम सपोर्ट गर्न हाम्रो टोली त्यहाँ पुगेको छ।

मिस ग्लोबल इन्टरनेसनल–२०१४ मा सहभागी एक प्रतियोगीले मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आठ वर्षअघि आफूलाई बेहोस हुने औषधि मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी छन्।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ६ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।