२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेको महाभारत गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसको विजय




७ जेठ ०७९, काभ्रे । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धन दलको तर्फबाट नेकपा (माओवादी केन्द्र)का कान्छालाल जिम्बा र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका सागर मोक्तान विजयी भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्ष जिम्बाले चार हजार ८ सय ९१ मत र उपाध्यक्ष मोक्तानले चार हजार १ सय ६९ मत मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर वाइबाले तीन हजार १ सय ९५ मत प्राप्त भएका छन् भने उपाध्यक्ष पदका निकटतम प्रतिस्पर्धी एमालेका शान्ति तितुङ रानामगरले एक हजार ५ सय ३० मत प्राप्त गरेकी छिन् । पालिका अध्यक्ष जिम्बाको यो दोस्रो पटकको विजय हो ।
वडामा भने क्रमशः वडा नं १ मा नेकपा (माओवादी केन्द्र)का कान्छामान जिम्बाले ७ सय २० मत प्राप्त गरी विजयी भएका छन् भने वडा नं २ मा नेपाली कांग्रेसका पदमबहादुर मोक्तानले ५ सय ५१ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै वडा नं ३ मा कांग्रेसकै कार्साङ लामाले ५ सय ९४ मत, वडा नं ४ मा नेकपा (माओवादी केन्द्र)का विशाल मोक्तानले ३ सय ७१ मत, वडा नं ६ मा नेकपा (माओवादी केन्द्र)का रमेशकुमार लुङ्गेलीले ६ सय ९ मत, वडा नं ७ मा कांग्रेसका खड्गबहादुर श्रेष्ठले ५ सय ४१ मत र वडा नं ८ मा नेकपा (माओवादी केन्द्र)का टङ्कबहादुर आले ६ सय ९४ प्राप्त गरी विजयी भएका छन् । वडा नं ५ को भने यसअघि गणना हुने वेलामा नेकपा (माओवादी केन्द्र) र कांग्रेसका वडाध्यक्ष्का उम्मेदवारबीचमा दुई मतले विजयी र पराजय भएकोमा पुनः मतगणना गर्ने विषयमा फेरि विवाद भएपछि अहिले रोकिएको जनाइएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये १२ वटा पालिकाको मतगणना सम्पन्न भइसकेको र पाँचखाल नगरपालिकाको मतगणना कार्य जारी रहेको छ । १३ वटा वडा रहेको नगरपालिकाको ७ नं वडासम्मको मतगणना भईसकेकोमा वडा नं १ मा माओवादी केन्द्र, २, ३, ४ र ७ मा कांग्रेस, ५ मा एमाले र ६ मा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । वडा नं ७ सम्म मतगणना हुँदा गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले सात हजार २ ‘उ ७१ र एमालेका कञ्चन अधिकारीले चार हजार २ सय ५८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुख पदमा माओवादी केन्द्रका चेतप्रसाद गौतमले पाँच हजार २ सय ७४ मत प्राप्त गरेका छन् भने एमालेका सूर्यमाया दनुवारले चार हजार ९ सय ७८ मत प्राप्त गरेका छन् । बाँकी वडाहरुको मतगणना जारी रहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १० : २४ बजे