१५ कार्तिक २०८१, बिहिबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरको २७ वडाध्यक्षमा कांग्रेसका खड्गी विजयी




७ जेठ ०७९, काठमाडौं । काठमाडौँ महानगरपालिका २७ मा नेपाली कांग्रेसका उम्मेदवार योगेशकुमार खड्गी अध्यक्ष पदमा विजय भएका छन् । खड्गी नेकपा (एमाले) का चिनियामान बज्राचार्यलाई २३८ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन् ।
खड्गीले एक हजार ५ सय ४१ मत प्राप्त गर्दा बज्राचार्यले एक हजार ३ सय ३ मत प्राप्त गरेका हुन् । त्यसैगरी सदस्यमा नेपाली कांग्रेसका तर्फबाट दिनेश श्रेष्ठ र धर्म प्रजापति विजयी भए ।
महिला सदस्यतर्फ कांगे्रसकै सृष्टी कंसाकार विजय भएका छन् । दलित महिला सदस्यमा एमालेका तर्फबाट आफ्नो उम्मेदवारी दिनुभएकी प्रभा परियार यसअघि नै निर्विरोध निर्र्वाचित भएकी थिइन् । वडा नं २७ सँगै महानगरका अन्य तीन वडामा पनि दलित महिला सदस्य निर्विरोध रुपमा चयन भइसकेका छन् ।
हाल महानगरका वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ७, ९, १०, २३, २४, २५, २६, २७ र ३१ को मतगणना जारी छ । कामपामा अहिले ९० हजारभन्दा बढी मतगणना सम्पन्न भइसकेको छ । कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ९ : ४९ बजे