२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा झन् झन् मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार बालेन




७ जेठ ०७९, काठमाडौं । कूल एक लाख ९१ हजार १ सय ८६ मतमध्ये ९० हजार ४ सय ४७ मत गनिसक्दा काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३३ हजार २ सय ५५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का केशव स्थापितभन्दा बालेन १५ हजार १ सय ९२ मतले अगाडि छन् । स्थापितले १८ हजार ६३ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ९सय ६३ मत प्राप्त गरेको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिएका छन् ।
एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोेलले ३३ हजार २ सय १ मत प्राप्त गर्दा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ४ सय ६७ मत प्राप्त गरेका छन् ।
प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा महानगरको मत गणना कार्य जारी छ । हालसम्मा वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३०, र ३२ को मत परिणाम सार्वजनिक भइसकेकोे छ भने वडा नम्बर ७, ९, १०, २३, २४, २५, २६, र ३१ को मत गणना भइरहेको छ ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ९ : ५७ बजे