१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रे महाभारत–५ मा दोहोर्‍याएर मतगणना, माओवादीका मगर २ मतले विजयी



७ जेठ ०७९, काभ्रे। । काभ्रेको महाभारत गाउँपालिकाको वडा नम्बर ५ मा पुनः मतगणना हुँदा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्।
यसअघि २ मतको अन्तरले माओवादी र कांग्रेसका उम्मेदवार विजयी र पराजय हुने भएकोमा पुनः मतगणना गरिएको थियो।
पुनः मतगणना गर्दा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवार विजय राना मगर २ मतको अन्तरले विजयी भए। वडाध्यक्षमा विजयी भएका माओवादीका विजयले ५४४ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार कमल बहादुर वाइबाले ५४२ मत ल्याए।
नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार अजय थिङ तामाङले ४८ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार प्रेम लामाले ६ मत प्राप्त गरे।

गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कान्छा लाल जिम्वा र उपाध्यक्षमा नेपाली कांग्रेसका सागर मोक्तान विजयी भएका छन्।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १२ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।