१५ कार्तिक २०८१, बिहिबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रे पाँचखालको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी




९ जेठ ०७९, भैरहवा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् ।
आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ८ सय ३६ मत प्राप्त गरेका छन् भने एमालेका उपप्रमुख पदका उम्मेदवार दनुवारले नौ हजार ५सय ३४ मत प्राप्त गरी विजयी भएकी हुन् ।
मेयर पदका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले आठ हजार १सय १५ मत प्राप्त गरेका छन् भने उपप्रमुखका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का चेतप्रसाद गौतम(मणि)ले नौ हजार १० मत प्राप्त गरेका छन् । त्यस्तै वडाहरुमा क्रमशः वडा नं १ मा माओवादी केन्द्रका जय बहादुर तामाङले ५ सय ९४ मत प्राप्त गरी विजयी भएका छन् भने वडा नं २ मा कांग्रेसका रामेश्वर दाहालले ९ सय ३४ मत प्राप्त गरी विजयी भए । वडा नं ३ मा कांग्रेसका सुन्दर अधिकारीले ८ सय ५ मत, वडा नं ४ मा कांग्रेसकै सुन्दर तामाङले ९सय १० मत, वडा नं ५ मा एमालेका सीताराम ढुङ्गानाले ६ सय १४ मत र वडा नं ६ मा नेकपा (एकीकृत समाजवादी)का रामशरण दुलालले एक हजार ३ सय ८२ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै वडा नं ७ मा कांग्रेसका रामकृष्ण दङ्गालले ६ सय ९६ मत, वडा नं ८ मा कांग्रेसकै सञ्जय तामाङले एक हजार १ सय ५८ मत, वडा नं ९ मा एमालेका रामकाजी श्रेष्ठले एक हजार ११ मत, वडा नं १० मा एमालेकै नारायण प्रसाद सापकोटाले ६ सय ५५ मत, वडा नं ११ मा कांग्रेसका हीराकाजी तामाङ ९ सय १६ मत, वडा नं १२ मा कांग्रेसका ज्ञानबहादुर दनुवारले एक हजार १ सय ७७ मत र वडा नं १३ मा कांग्रेसका सुकुवीर तामाङले ७ सय ४ मत प्राप्त गरी विजयी भएका छन् ।
सो नगरपालिकाको वडा नं १३ कोशिदेखास्थित श्रीराम मावि मतदान केन्द्रमा गत वैशाख ३० गते शुक्रबार भएको मतदानमा मतपत्र वितरणको क्रममा विवाद उत्पन्न भएपछि स्थगित भएकोमा यही जेठ ३ गते पुनः मतदान भएको थियो । यसका कारण ढिला गरी मतगणना भएको थियो । पाँचखालको मतगणना सम्पन्न भएसँगै जिल्लाका १३ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । अधिकांश पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आ–आफ्नो पदको पद तथा गोपनियताको शपथ ग्रहण गरी कार्यभारसमेत सम्हालिसकेको छ ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ९ : २७ बजे