९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन र उपमेयरमा सुनिता भारी मतसहित अग्र स्थानमा




९ जेठ ०७९, काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयर पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७ सय ५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६ सय ८० मत प्राप्त गरेकी छिन् ।


यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २४ हजार ५ सय ७८ मत ल्याएका छन् भने उपमेयरमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गालले ४४ हजार ७ सय ५ मत ल्याएर अग्रस्थानमा छिन् । उपमेयरमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार ६ सय ७० मत पाएका छन् ।

काठमाडौँ महानगरपालिका उपप्रमुखका उम्मेदवार सुनिता डङगोल । तस्बिर : चन्द्रकला क्षेत्री\रासस

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । महानगरमा हालसम्म एक लाख २४ हजार ५ सय ४४ मतगणना भएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १० : ०९ बजे