९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उपत्यकामा एकैदिन १ हजार ७ सय ५२ चालकमाथि कारवाही




९ जेठ ०७९, काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा १ हजार ७५२ जना सवारी चालकलाई कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा कारवाही गरिएको हो ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०८ जना, मदिरा पिएर सवारी साधन चलाउने ८७ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ७६ जना रहेका छन् ।
यस्तै, तिब्र गतीमा सवारी साधन चलाउने ७२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६९ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ६४ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १४ जना चालकमाथि पनि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ११ : १९ बजे