९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँमा कांग्रेस सात, एमाले दुई र राप्रपा एक मेयरमा निर्वाचित



९ जेठ ०७९, काठमाडौँ । काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये १० नगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँमा नतिजा प्रकाशन भएका १० मध्ये सात नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
नेकपा (एमाले)का दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक स्थानीय तहमा प्रमुख निर्वाचित भएका छन् । काठमाडौँमा स्थानीय तहको निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको छ । कांग्रेस कागेश्वरीमनोहरा नगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका नागार्जुन नगरपालिका, कीर्तिपुर नगरपालिका र गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा जितेको छ ।
एमाले टोखा र बूढानीलकण्ठ नगरपालिका तथा राप्रपा शङ्खरापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएको छ । काठमाडौँ महानगरपालिकाको भने मतगणना जारी छ । पछिल्लो मतगणनाअनुसार महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा एमालेकी सुनिता डङ्गोलले अग्रता लिएका छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार साहलाई कांग्रेसका सिर्जना सिंह र एमालेका केशव स्थापितले पछाइरहेका छन् ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  २ : ४२ बजे