६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरमा डेढ लाख मतगणना हुँदा बालेनको आधा लाख



१० जेठ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख ५० हजार ९ सय मतगणना सकिँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उनले ५० हजार ६१ मत प्राप्त गरिसकेका छन् ।
उनलाई पछ्याईरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३१ हजार २ सय ९३ मत प्राप्त गरेकी छन् । सिर्जनाले भन्दा बालेनले १८ हजार ७ सय ६८ बढी मत प्राप्त गरेका छन् ।
काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले हालसम्म ३१ हजार २ सय ९३ मत प्राप्त गरेका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ८ हजार ८ सय ३० मत ल्याएका छन् ।
आयोगका अनुसार अब काठमाडौं महानगरपालिकामा ४० हजार १ सय ५५ मत गणना गर्न बाँकी रहेको छ । काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १० : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।