६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ, चार जनाले दिए किटानी जाहेरी




१० जेठ ०७९, काठमाडौं ।  काठमाडौं चावहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको छ । विद्यार्थीले कलेज परिसरमै प्रदर्शन गरेपछि आरोपी शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको हो।
अधिकारीले कक्षा ११ का छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका थिए। आन्दोलित विद्यार्थीले कलेज र शिक्षकविरुद्ध नाराबाजी गरेका थिए।
आफ्नो इच्छा पूरा गर्दिए कलेजको शुल्कदेखि अरु कुरा छुट गराइदिने भन्दै विद्यार्थीलाई नराम्रो हर्कत गरेको पीडित विद्यार्थीको आरोप छ।
अहिले शिक्षकविरुद्ध किटानी जाहेरी दिइएको छ । आरोपी शिक्षकविरुद्ध चार जनाले किटानी जाहेरी दिएका छन्।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।