१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर अपडेटः अब ३ हजार ८ सय मत गन्न बाँकी



१० जेठ ०७९, ललितपुर । स्थानीय निर्वाचन अन्तर्गत ललितपुर महानगरपालिकामा हालसम्म ८२ हजार ४० मत गणना गरिएको छ । अब तीन हजार आठ सय मत गन्न बाँकी छ ।

ललितपुर महानगरपालिकाको मेयरमा अहिलेसम्म कांग्रेसका चिरीबाबु महर्जनले ४० हजार दुई सय ६३ हजार मत ल्याएका छन् । त्यस्तै एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार आठ सय १० मत ल्याएका छन् ।

उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्यले २४ हजार एक सय ३९ मत ल्याउँद्या गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १८ हजार ११ मत प्राप्त गरेका छन् ।

निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेपछि नेपाली काँग्रेसका मेयर चिरिवावु महर्जनले सामाजिक सञ्जालबाट
आफस्लाई माया, सदभाव, शुभेच्छा प्रदान गरी मतदान गरेको भन्दै आभार व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘यहाँहरुबाट हालसम्म प्राप्त अत्यधिक मतलाई आधार मान्ने हो भने जित सुनिश्चित भइसकेको छ ।’
आज संभवत अपरान्हपछि मेयर र उपमेयरको अन्तिम परिणाम सार्वजनिक हुने जानकारी दिदैदिउँसो अन्दाजी ३ बजेको हाराहारीमा सबै शुभचिन्तकहरुलाई जावलाखेलमा उपस्थित हुन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १ : १३ बजे