४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


टेक्सास राज्यमा बन्दुक आक्रमणमा १४ बालबालिकासहित १८ जनाको मृत्यु



एजेन्सी। अमेरिकाको टेक्सास राज्यमा एक विद्यालयमा भएको बन्दुक आक्रमणमा १४ जना बालबालिकासहित १८ जनाको ज्यान गएको छ।

युभाल्ड़ीस्थित रोब प्राथमिक विद्यालयमा उक्त आक्रमण भएको हो। विद्यालयमा दुईदेखि चार कक्षासम्मको पढाइ हुने गरेको छ । यसैबीच आक्रमणकारी १८ वर्षीय  साल्भाडोर रामोस पनि मारिएको जनाइएको छ।

बन्दुकधारीले विद्यालयमा आक्रमण गर्नु अघि आफ्नै हजुरआमालाई गोली प्रहार गरेको जनाइएको छ। तर, हजुरआमा भने बाँच्न सफल भएकी छिन्।

यसैबीच यस घटनालाई लिएर अमेरिकामा तिब्र रोष प्रकट गरिएको छ। सिनेटमा कनेक्टिकटका सिनेटर क्रिस मर्फीले रोषपूर्वक प्रश्न गरे।

केही वर्षयता अमेरिकी विद्यालय मास सुटिङको निशाना बन्दै आएको छ। यस वर्ष मात्र २७ यस्ता घटना विद्यालयमा भैसकेका छन्।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ९ : ०९ बजे