११ जेठ ०७९,काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयको नजिक पुगेका छन् ।
बालेन्द्रले ५४ हजार ७ सय १८ मत पाएका छन् भने उपमेयरकी उम्मेदवार नेकपा एमालेकी सुनिता डंगोलले ६० हजारभन्दा बढी मत ल्याइसकेकी छन्।
मेयरका उममेदवार बावेन्द्रै शाहका निकटतम् प्रतिश्पर्धीनेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत प्राप्त गरेकी छन्।बालेन्द्रले सिर्जनालाई २० हजार १ सय १० मतान्तर बनाएर अग्रता कायम गरेका हुन् ।
केशव स्थापित भने बालेन्द्रभन्दा २० हजार ७ सय ४३ मतले पछाडि छन्। सिर्जनालेसमेत एमालेका उम्मेदवार स्थापतिलाई पछि पारेकी छन् । यो फराकिलो अंकगणितका कारण मेयरमा वालेन्द्र शाह र उपमेयरमा सुनिता डंगोल नजिक पुगेका हुन् ।
प्रतिक्रिया