१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महालक्ष्मी नगरका निवर्तमान मेयर श्रेष्ठले कमजोरी स्वीकार्दै भने, ‘चाहेजति काम गर्न सकिएन’




ललितपुर खबर
११ जेठ ०७९, ललितपुर । महालक्ष्मी नगरका निवर्तमान मेयर रामेश्वर श्रेष्ठले आफूले नगरपालिकामा पर्याप्त काम गर्न नसकेको स्वीकार गरेका छन् ।
बुधबार आयोजित नवनिर्वाचित उपमेयर र वडाध्यक्षहरुलाई सपथग्रहण कार्यक्रममा निवर्तमान मेयर श्रेष्ठल कोरोना माहामारीका कारण नगरपालिकामा चाहेजति काम गर्न नसकिएको बताए । उनले नगरपालिकामा भौतिक संरचना र कानूनहरु नभएको नयाँ संरचनाका कारण अन्यौल भएको बताए ।
निवर्तमान मेयर श्रेष्ठले कार्यकालमा महालक्ष्मी नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्न नसकेको, फोहोर व्यवस्थापनका लागि काम गर्न नसकेको, नगरपालिकामा खानेपानीको व्यवस्था गर्न नसकेको नगरको अधिनमा रहेका भित्री सडकहरु सुधार नगर्न नसकेको भन्दै नगरबासीहरुले निरन्तर आलोचना गर्दै आइरहेका थिए । पछिल्ले समय नगरपालिकामा खानेपानीको हाहाकार छ । भित्री सडकहरु हिलाम्मे छ र धुलाम्मे छन् ।
नगरपालिकामा उनको कार्यशैलीको पनि चर्को आलोभना हुँदै आएको थियो । उनी जताको समस्या बुझ्न फिल्डमा नजाने र जनताको बास्तविक समस्या पहिचान गरेर समाधान गर्न अघि नसर्ने स्वभावले नगरपालिकामा समस्या श्रृजना हुने गरेको पार्टीकै शुभेच्छुकहरुले बताउने गरेका छन् ।
जग्गा व्यवस्था गर्न नसक्दा नगरपालिकाको प्रशाशनिक भवन नहुँदा इमाडोलस्थित मुल सडकमा भाडाको कार्यालय राखिएका
छ । नगरपालिका कार्यालयको पार्किङ नहुँदा सडकमै गाडी पार्किङ गर्नु पर्ने बाध्यता छ ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ११ : ५६ बजे