१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चिरिबाबुले पदभारसँगै गरे यी ३ निर्णय



११ जेठ ०७९, ललितपुर । ललितपुर  ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पदभार ग्रहणसँगै तीन वटा निर्णय गरेका छन्।

मेयर महर्जनले वडास्तरीय विकास निर्माण र सम्पादन हुने काम सबै वडाबाटै गर्ने, चक्रपथ बाहिरका क्षेत्रबाट पनि फोहोरमैला संकलन गर्ने र अनलाइनबाट राजस्व तिर्ने व्यवस्था गर्ने तीन निर्णय गरेका हुन्।

उनी श्रीमतीसहित पदभार ग्रहणका लागि महानगरपालिका कार्यालय पुगेका हुन्। उनले वडाबाट सम्पादन गरिने कुनै पनि कामका लागि नगरपालिकामा आउनु नपर्ने पनि बताए। उनले महानगरका २९ वटै वडाबाट फोहोर संकलन गर्ने पनि बताए। त्यस्तै, अनलाइनमार्फत राजस्व संकलनको व्यवस्था गर्ने पनि घोषणा पनि महर्जनले गरे।

चुनाव अघिसम्म पार्टीका कुरा गरेपनि अब जनताका समस्या समाधान गर्ने उनले उद्घोष गरे । मेयर महर्जनले भने, ‘चुनावमा पार्टीको कुरा गर्‍याैँ तर अब समग्र ललितपुर महानगरपालिकावासीको कुरा गर्नेछाैँ । महानगरका समस्या समाधान गर्न अहोरात्र लाग्नेछौँ । अब हामी राजनीतिक रूपमा प्रस्तुत हुन मिल्दैन । हाम्रा लागि सबै बराबर हुन् ।’

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता महर्जन ललितपुर महानगरको मेयरमा विजयी बन्नुभएको हाे भने उपमेयरमा नेकपा एमालेकी मञ्जली शाक्य निर्वाचित भएकी छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : ३१ बजे