१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरमा यी हुन् बालेन्द्रले धेरै मत पाएका ठाँउ




१२ जेठ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चितसँगै काठमाडौंको कोटेश्वरबाट धेरै मत पाएका छन् ।
हालसम्म मतगणना सम्पन्न भइसकेका वडामध्ये बालेनले सबैभन्दा बढी मत ३२ नम्बर वडा (कोटेश्वर)बाट प्राप्त गरेका हुन् । त्यहाँ उनले सदर भएकोमध्ये ४६ प्रतिशत अर्थात ५ हजार ५ सय २३ मत प्राप्त गरेका छन् ।
बालेनले सदर भएकोमध्ये वडा नं. ९ (गौशाला) बाट ४४ प्रतिशत (३ हजार ३१८), वडा नं. ३१ (शान्तिनगर)बाट ३८ प्रतिशत (४ हजार १५८), वडा नं.४ (बालुवाटार)बाट ४२ प्रतिशत (३ हजार ९६६), वडा नं.७ (मित्रपार्क) बाट ४१ प्रतिशत (३ हजार ८४६) र वडा नं. १० (बानेश्वर)बाट ३८ प्रतिशत (२ हजार ७२८) मत प्राप्त गरेका छन् ।
यस्तै, बालेनले सदरमतमध्ये वडा नंं.१ (नक्साल) बाट ३४ प्रतिशत (७८३), वडा नं. २ (लाजिम्पाट)बाट ३६ प्रतिशत (१ हजार २१५), वडा नंं.३ (महाराजगन्ज)बाट ३७ प्रतिशत (२ हजार ३२६), वडा नं. ५ (हाँडिगाउँ)बाट ३७ प्रतिशत (१ हजार ५०१), वडा नं.६ (बौद्ध)बाट ३६ प्रतिशत (३ हजार ४७६) र वडा नं. ८ (पशुपति)बाट ३५ प्रतिशत (१ हजार ३१३) मत प्राप्त गरेका छन् ।

 

 

निकटतम प्रतिस्पर्धिसँग गन्न बाँकी मतभन्दा बढीको अन्तरले अघि बढेपछि उनको जित सुनिश्चित भएको हो ।
काठमाडौं महानगरमा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा १ लाख ९१ हजार १ सय २५ मत खसेको थियो । खसेको मतमध्ये हालसम्म १ लाख ७१ हजार ८ सय २ मत गणना भइसकेको छ । अब गणना गर्न १९ हजार ३२३ मत बाँकी रहेको छ ।
१९ हजार ३ सय २३ मतगणना गर्न बाँकी रहँदा बालेनले हालसम्म ५५ हजार ७ सय ४७ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३ सय ७१ मत प्राप्त गरेकी छन् । सिर्जनाकोभन्दा बालेन २० हजार ३ सय ७६ मतले अघि रहेका छन् । गणना गर्न बाँकी मतभन्दा बालेन र सिर्जनाबीचको मतान्तर बढी रहेको छ, जसले गर्दा बालेनको जित सुनिश्चित भएको हो ।

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरका ३२ वडामध्ये हालसम्म २७ वटाको मतगणना सम्पन्न भइसकेको छ । अब मतगणना सम्पन्न बाँकी रहेका वडामा १३, १४, १५, १६ र १७ रहेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ६ : ५० बजे