१२ जेठ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकामा आजबाट तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भएको छ ।
मोर्डना र फाइजर खोप दिइने महानगरपालिकाले जनाएको छ । महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोेकेका स्थानमा बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ ।
पहिलो र दोस्रो डोज लगाएको तीन महिना पूरा भएका १८ वर्ष माथिका सबैलाई मोर्डना खोप र १२ वर्षदेखि र १७ वर्षसम्मका नागरिकलाई मोर्डना वा फाइजर खोप दिन सकिने महानगरले जनाएको छ ।
प्रतिक्रिया