९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा एमाले पराजयको कारण आन्तरिक असहयोग र गठबन्धन




१३ जेठ ०७९, ललितपुर । ललितपुरमा नेकपा एमालेको पराजय भोग्नुको कारण काँग्रेस माओवादी गठबन्धनसँगै पार्टीभित्रैकै आन्तरिक असहयोग जिम्मेबार रहेको स्थानीय नेता तथा उम्मेदवारहरुले बताएका छन् ।
निर्वाचन पराजय हुनुमा जिल्ला नेतृत्व नै कमजोर रहेको भन्दै पार्टीभित्र चरम असन्तुष्टि रहेको छ । निर्वाचन परिचालन र आर्थिक कमिटीेको बैठक नै नगरि निर्वाचन सकिएको भन्दै उम्मेदवारहरु नै असन्तुष्ट छन् ।
गोदावरी नगरपालिकाबाट मेयर उम्मेदवार गम्भिर राणा पार्टीभित्रैबाट सहयोग नहुँदा पराजय भोग्नु परेको बताउछन् । उनी भन्छन्,‘निर्वाचनमा लाग्दा भित्रैबाट सहयोग भएन ।’ रानाले नेपाली काँग्रेसका उम्मेदवार गजेन्द्र महर्जनसँग ३ हजार ९ सय ३८ मतले पराजय भएका थिए ।
महाकाल गाँउपालिकाकी अध्यक्षकी उम्मेदवार कमला लामा पनि पार्टीभित्र राम्रो व्यवस्थापन नभएको कारण पराजय भोग्नु परेको बताउछन् । पार्टीभित्र अन्र्तघात भएको संकेत गर्दै भन्छिन्, ‘साथीहरुबाट म भए हुने म नभए नहुने भन्ने आएको छ ।’उनी पराजयको समिक्षा पार्टीले नै गर्ने भन्दै पञ्छिइन् । लामा गठबन्धनका उम्मेददार गणेश केसीसँग ५ सय ६८ मतले पराजित भएकी थिइन् ।
दक्षिण ललितपुरको वागमती गाँउपालिकामा काँग्रेस माओवादी गठबन्धन भयो । नेपाली काँग्रेसबाट विरबहादुर लोप्चन अध्यक्षमा उठे । भक्तबहादुर दर्लामी उपाध्यक्षमा उठेपछि दुवै पदमा एमाले पराजय भयो । नेकपा माओवादीको प्रभाव क्षेत्र मानिने वागमती गाँउपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार समेत रहेका पालिका कमिटी अध्यक्ष नवराज सञ्जेल गठबन्धन पराजयको मुख्य समस्या रहेको बताउछन् । उनी भन्छन्, ‘नत्र भने हामी जित्ने अवस्थामै थियौं ।’
पार्टीका पालिका अध्यक्ष सञ्जेलले आफूहरु पराजयको समिक्षा गरिरहेको बताउदै भन्छन्, ‘मलाई मत दिने मतदाताको भावना बुझेर ५ वर्ष पालिकामा काम गर्छु ।’
पार्टी अध्यक्ष पुरुषोत्तम आचार्य पार्टीभित्रै असहयोग भएको स्वीकार्दै आन्तरिक समस्या पनि पराजयको कारक रहेको बताउछन् । उनी भन्छन्, ‘मुख्य कुरा त गठबन्धनले नै जीत निकाल्न गाह्रो भयो । तर हामीले बलियो शक्तिको रुपमा स्थापित गर्दै केही ठाँउमा विजय प्राप्त ग¥यौंं ।’
नेकपा एमालेले महालक्ष्मी र कोञ्ज्योसोममा प्रमुख पद जित्न सफल भयो भने ललितपुर महानगरमा उपमेयर सहित ११ वडामा वडाध्यक्ष थुप्रै वडा सदस्य जितेको छ ।
महालक्ष्मीमा ६ वडामा वडाध्यक्ष, गोदावरी, कोज्योसोम र वागमतीमा १ वडामा वडाध्यक्ष जितेको थियो ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार गत २०७४ सालभन्दा यसपल्ट तुलनात्मक रुमा थोरै जनप्रतिनिधिले निर्वाचन जित्न सफल भए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १ : ०१ बजे